Websoft University

सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाको ८ औ वार्षिक साधारण सभा सम्पन्न


शिव भट्टराई - सुनसरी कार्तिक १७ गते ।
रातो तारा डट कम,सुरक्षा समाजिक उद्यमी महिला सहकारी संस्थाले आज आफ्नो ८ औ वाषिर्क साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभा सुन्दरहरैचाका मेयर शिव प्र. ढकालको प्रमुख़ आतिथ्यतामा र संस्थाकी अध्यक्ष बालकुमारी सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।यस कार्यक्रमा सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी सचिव दुर्गा देवी भट्टराईद्वारा संचालन भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव ढकालले साझेदारीका लागि संस्थाको आवश्यकता अनुसार जुनसुकै कार्यक्रम लिएर आए पनि नगरपालिकाले  सहयोग गर्न तयार रहने कुरा बताउनु भएको थियो।साधारण सभामा हेफर इन्टरनेशनल नेपाल पूर्वाञ्चलका ब्यवस्थापक उमा शंकर यादव साथै सुन्दरहरैचाकी उपमेयर धन माया तामांग लगायतले आफ्नो धरणा व्यक्त गरेका थिए।

कार्यक्रममा वार्ड नं-४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ , वार्ड नं-७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौला,साजिलाल मा.वि का प्रधानाध्यापक कल्याण प्र.सिटौला  लगायतको उपस्थिति रहेको थियो।

८औ बार्षिक साधरण सभाको अवसर पारेर यस संस्थाले जेष्ठ सेयर सदस्य , दूध विक्री कारोबार गर्ने, पूर्व संचालक समितिमा रहेका , पूर्व कर्मचारीहरु लगायतलाई सम्मान गरेको थियो।संस्थाले अहिले सम्म २६३१ जना सेयर सदस्य बनाउन सफल भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.