Websoft University

कोइराला र झा सम्मानित


शिव भट्टराई सुनसरी कार्तिक २८ गते ।
छठ सेवा समितिले आयोजना गरेको छठ विशेष कार्यक्रमका अवसरमा सम्मानित कोइराला र झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका उपसभापति विजयकुमार गच्छदारले सम्मान गरेका हुन ।

छठ विशेष कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधान मन्त्री समेत रहेका गच्छदारले अस्ताउदो सुर्यलाई अर्घ समेत दिएका थिए । सो अवसरमा छठ पर्वका विषयमा समितिका सल्लाहकार दिवस पोखरेलले प्रकास पारेका थिए ।

 कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी , प्रदेस नम्वर १का प्रदेससभा सदस्य लिलम बस्नेत , संविधान सभाकी पुर्व सदस्य कल्पना चौधरी, सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल , इटहरी ६का वडाध्यक्ष दिपक गौतम , नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

अन्र्तगत बुधवार उदाउदो सुर्यको उपसना गर्दै अर्घ दिएर यस वर्षको छठ समापन गरियो । मगंलवार अस्ताउदो सुर्यलाई अर्घ दिएका ब्रतालुहरुले बुधवार उदाउदो सुर्यलाई निष्ठापुर्वक अर्घ दिएर छठ पर्वलाई विदा गरियो ।

हरेका वर्ष कार्तिश शुक्ल षष्ठिका दिनलाई विशेष दिनका रुपमा षष्ठि माताको पुजा अर्चना गर्ने गरी चतुर्थी देखि छैठ पर्व मनाउने चलन रहेको छ । सप्तमीका दिन उदाउदो   सुर्यलाई अर्घ दिएपछि त्यस वर्षको छैठ पर्व विधिवत रुपमा समापन हुने गर्दछ ।

छठ सेवा समिति इटहरीको अगुवाईमा वुढि गंगाजमुना मुक्ती घाट क्षेत्रमा विगत २६ वर्ष देखि छठ पुजाको व्यवस्था मिलाउदै आइएको छ । सुरुवातको वर्ष २० बटा पुजा घाट वनाएर सुरु भएकोमा यस वर्ष ४ सय ७ पुगेको वताइयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.