Websoft University

लागूऔषध सहित १ पक्राउ


सुनसरी, कार्तिक २६ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपलिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध सहित १ जना युवकलाई पक्राउ गरेको छ । लागूऔषध सहित ईटहरी उप-महानगरपलिका-५ पिपल चौक बस्ने बर्ष २८ को जिवन तामाङलाई पक्राउ गरिएको हो ।

तामाङलाई साँझ सवा ४ बजे ना ५ ख ६५४० नम्बरको बसमा धरान तर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा गोजीमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजेल्याव-७ एम्पुल, लुपिजेसिक-७ एम्पुल र एभिल-७ एम्पुल बरामद गरेको हो ।

बरामद लागूऔषध सहित तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको  छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.