Websoft University

म्याजिक भेनको ठक्करबाट १ घाइते


सुनसरी, कार्तिक २९  गते । रातो तारा डट कम,सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित मुस्लिमटोलमा बुधबार म्याजिक भेनको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् ।

 बिहान ९:१५ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १८ प ५६३९ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को १ ज २५७७ नम्बरको म्याजिक भेनले बिहान सवा ९ बजे ठक्कर दिएको थियो ।

 ठक्करबाट मोटरसाईकलको पछाडि सवार सोही स्थान बस्ने बर्ष ७ को अबुसाद अन्सारी गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने म्याजिक,चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.