Websoft University

भाटभटेनी सुपर मार्केटले अबदेखि दुधजन्य खाद्य बस्तु बिक्री वितरण नगर्न नपाउने


काठमाडौं,कार्तिक २२ गते । रातो तारा डट कम,
सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य बस्तु बिक्री वितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्री वितरण नगर्न निर्देशन दिएको हो ।

त्यहाँ बिक्री हुने दुधजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।

तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्यधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्यवस्तुको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा दुधजन्यवस्तु गुणस्तरहीन पाइएको विभागका महानिर्देशक कर्णले बताए ।

यसैगरी विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगंजस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइए पनि खाद्य बस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए ।

मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाईलगायतका खाद्य बस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराएको थियो ।

सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ । सरकारले विगत २ महिनायता तरकारी, दुध, मासु, खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्य बस्तुको बजार अनुगमन गरी गुणस्तरहीन खाद्य बस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.