Websoft University

विमानस्थलको धावनमार्ग अन्तर्रा्ष्ट्रिय स्तरकोे बनाउने काम अन्योैलमा पर्दै,


मोरङ,मंसिर ९ गते । रातो तारा डट कम, विराटनगर विमानस्थललाई अन्तर्रा्ष्ट्रिय स्तरको विमानस्थल निर्माणकोको काम अन्यौलमा परेको छ । विराटनगर विमानस्थलको धावनमार्ग विस्तार र स्तरोन्नतीमा सीमा दुरी र खोला ‘डाईभर्सन’ मुख्य चुनौतीको रुपमा देखिएपछी अन्यौल भएको हो । अन्तरदेशीय उडान भर्ने गरि विमानस्थल विस्तारको गुरु योजना तयार भईरहँदा जग्गा प्राप्ति, वस्ति स्थानान्तरण भन्दा केशलिया खोला ‘डाईभर्सन’ र भारतसँगको सीमादुरीको समस्या चुनौतीको रुपमा देखिएको हो । विराटनगर विमानस्थललाई अन्तर्रा्ष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न पुर्वतर्फ सरकारले ७० करोडमा ४ बिघाहका जमिन अधिग्रण गरेको छ ।

थप २ सय ५० बिघाहा अधिग्रण गर्नुपर्ने छ । हाल १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइको विमानस्थललाई २४ सय मिटर लम्बाई ४५ मिटर चौडाइको क्षेत्रफलमा विस्तार गर्ने प्रक्रिया अघि बढिसकेको छ । विराटनगर विमानस्थलबाट विगतमा पूर्वका सोलु, खोटाङ, ताप्जेलुङ, ओखलढुंगा, भोजपुर,संखुवासभाका ८ विमानस्थलमा सिधा उडान हुँदै आएको थियो । तर, हाल तुम्लिङटार विमानस्थलमा मात्रै उडान हुँदै आएकोछ ।

विमानस्थललाई संघिय सरकारले २४ सय मिटर लम्बाई ४५ मिटर चौडाइको क्षेत्रफलमा विस्तार गर्ने बताएको छ । तर प्रदेश न. १ सरकारले ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाई क्षेत्रफलमा बिस्तार गर्ने कुरा नमिलेपछी कसरी निर्माण गर्ने भन्ने अन्यौलता छाएको हो । विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख टेकनाथ सिटौला लाले, रातो तारा डट कम लाई दियको जानकारी  अनुसार धावन मार्ग दुईहजार चार सय मिटरमा विस्तार गर्ने प्रक्रियाको काम प्राधिकरणबाटै सुरु भईसकेको थियो ।

मध्यकालिन योजना अनुसार दुईहजार चारसय मिटरमा धावन मार्ग विस्तारको लागि संभाव्यता अध्ययनको काम समेत भईरहेका बेला धावन मार्गलाई तीन हजार मिटरमा विस्तार गर्ने योजना अगाडी बढेको प्रमुख सिटौलाको भनाई छ । संघीय संरचना अनुसार बनेको प्रदेश १ सरकारले तीन हजार मिटरमा धावन मार्ग विस्तार गर्ने योजना अगाडी सारेपछि संभाव्यता अध्ययनसँगै त्यसको समेत गुरुयोजना तयार पार्ने काम भईरहेको हो ।

तर, दुईहजार चारसय मिटर मात्रै विस्तार लक्ष्य राखेर योजना बनाउँदा विमानस्थल पश्चिमतर्फको एकसय बिघाहा जमिन अधिग्रहण गरेर निर्माण सुरु गर्न सकिन्छ । त्यसका लागि ठूलो बस्ती विस्थापित गर्नुपर्ने, जंगल फडानी गर्नुपर्ने र वन्यजन्तुको आरक्ष विस्थापित हुनुपर्ने देखिदैन । तीन हजार मिटरसम्म धावन मार्ग विस्तार योजना बढाउँदा २ सय ५० बिघाहा जमिन अधिग्रहण गर्नुपर्दछ । तीन हजार मिटरको धावनमार्ग विस्तार गर्ने क्षेत्रमा दुईहजार आठसय मिटर दुरीमा रहेको केशलिया खोला ‘डाइभर्सन’ को जरुरी पर्ने प्रमुख सिटौलाले जानकारी दिए ।

तर, खोला बाहेक अन्य ठूलो वस्ती, जंगल र वन्यजन्तु विस्थापित गर्नुपर्ने जरुरी भने पर्दैन । केशलिया खोलाको डाइभर्सनका लागि ३.५ किलोमिटरमा ५० मिटर चौडाइको खोला च्यानल निर्माण गर्नुपर्ने हुन्छ । धावनमार्गको बीचमा पर्ने खोला विस्थापनपछि मात्रै निर्माणको बाटो खुल्दछ। विमानस्थलको पश्चिम दिशामा मात्रै अधिग्रहणका लागि जग्गा उपलब्ध भएका कारण तीन हजार मिटरको धावनमार्ग विस्तारका लागि अर्को विकल्प छैन । पूर्व दिशा विस्तारका लागि अधिग्रहण गर्ने जमिन छैन । पश्चिमतर्फ जग्गाको अधिग्रहण गरेर विस्तार योजनासँगै उत्तरतर्फ अन्य संरचनाका लागि थप जमिनको जरुरी पनि उतिकै पर्ने देखिन्छ ।

 त्यस बाहेक विराटनगर विमानस्थलदेखि भारतीय सिमा क्षेत्रबीचको दुरी ८ किलोमिटर छ । तर, ठूला जहाज अवतरण गराउनका लागि आवश्यक पर्ने एयरदुरीको संभाव्यता समेत अहिले नै अध्ययन गर्नुपर्ने देखिएको छ । आन्तरिक उडानमा भारतीय सिमा क्षेत्रमा जहाज उडाउन पाइदैन । प्रमुख सिटौलाका अनुसार विमानस्थलदेखि कोशी नदीसम्मको दुरी ८ नटिकल माइलमा (१ नटिकल माइलमा१८५० मिटर)पर्दछ । कोशी क्षेत्रमा भारतीय सिमा घुसेका कारण ठूला जहाज अवतरणमा केहि समस्या हुनसक्दछ । आन्तरिक उडानमै जहाज प्रवेशाज्ञा लिने कुरा जटिलता हुनसक्छ ।

यो दुरीमध्ये २ नटिकल माइल सिमा क्षेत्र छोडेर जहाज उडाउनु पर्ने हुन्छ । बाँकी रहेको ६ नटिकल माइलमा ठूला जहाजले धानव मार्ग अवतरण गर्ने अवस्थामा आउन सक्दछन् की सक्दैनन् भन्ने विषय समेत अहिले नै यकिन हुनु जरुरी रहेकोे प्रमुख सिटौलाको भनाई छ । कार्यक्रम सहित
रातो तारा डट कमले २०७५ जेठ २८ समचार प्रकाश गरेको थियो । स्रोत बिजय धिमिरे,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.