Websoft University

६० हजारको चेक फिर्ता


मदनकृष्ण सिलवाल-काठमाडौँ,कार्तिक २८ गते ।
रातो तारा डट कम,राजधानीको सडकमा फेला परेको ६० हजारको चेक सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने भएको छ ।

विहान मैतीदेवीबाट पुरानो बानेश्वर भीमसेनगोला पुल नजिकै यात्रुवाहक गाडीबाट उत्रेपछि तत्कालै ६० हजारको चेक प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेलले भेटेका हुन् ।

पोखरेलले अफिस जाने क्रममा बाटोको फेला परेको सो चेक नं. ००३३६४२३७५ एभरेष्ट बैँक लिमिटेड बानेश्वर शाखा रहेको छ भने सो चेक नगेन्द्र मण्डलको नाममा नेपाल एक्प्रो प्राइभेट लिमिटेडले जारी गरेको छ ।

अर्घाखाँची नगरपालिका वडा नं. ११ स्थानीय ठेगाना भएका पोखरेल हाल मैतिदेवी काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् ।

उनले सो चेक फेला पारेपछि अफिसमा आएर टेलिफोन सोधपुछ शाखामा खबर गरी नागेन्द्र मण्डल र नेपाल इक्प्रो प्रा।लि।को सम्पर्क नम्बर पत्ता लगाएको पोखरेल बताउँछन् ।

अफिसका स्टाफलाई आफ्नो मोवाइल नम्बर टिपाई सम्बन्धित व्यक्तिलाई नगेन्द्र मण्डलको नाममा रहेको ६० हजारको चेक आफूले प्राप्त गरेको जानकारी दिएका थिए ।

नेपाल एक्प्रोका कार्यकारी निर्देशक नागेन्द्र महोतोसँग सम्पर्क गर्दा चेक भेटिएको भनी आफूलाई रामप्रसाद पोखरेल सरले फोन गर्नुभएकोमा खुशी व्यक्त गर्दै उनी भन्छन्– सुरुमा चेक हराउँदा म आत्तिएको थिएँ ।

एक्कासी पोखरेल सरको फोन आएपछि ढुक्क भएँ । तैपनि चेक रोक्का राखेको छु आइतवार आएर चेक लिन्छु भनेर पोखरेल सरलाई भनेको छु । यतिबेला नागेन्द्र महोतो छठ मनाउनका लागि उपत्यका बाहिर रहेको उनीसँग फोन सम्पर्क गर्दा बताएँ ।

आजकलका मानिसहरुमा स्वार्थीपन बढ्दै गइरहेको बेला इमान्दारिताका साथ भेटिएको चेक फिर्ता फोन गर्नु खुशीको कुरा हो,महतोले बताए ।  समाजमा इमान्दारिताका खडेरी परिरहेको बेला पोखरेलको यो कदम तारिफयोग्य मान्न सकिन्छ।

अहिले समाजमा पैसा भनेपछि मरिहत्ये गर्ने र पैसालाई नै सर्वेसर्वा ठानिरहेको बेला पोखरेलले आफ्नो इमान्दारितापन देखाएर सम्बन्धित व्यक्ति र संस्थालाई सम्पर्क गरी चेक हस्तान्तरण गर्ने कार्य प्रशंशनीय छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.