Websoft University

भृकुटीमण्डपमा नेपाल कम्युनिस्ट पार्टीको जनसभा



काठमाडौं, मंसिर, ८ गते । रातो तारा डट कम,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो । यसअघि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम घडीमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिए पनि कारण खुलाइएको छैन ।
विप्लवको अनुपस्थितिमा हुन लागेको सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्डलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाका अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो । माले महासचिव मैनालीले नेकपाद्वारा आयोजित सभाका लागि निम्तो आएकाले सहभागी हुन लागेको जानकारी दिए ।
जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकालिने छ । लैनचौर, बबरमहललगायतको स्थानबाट निस्कने र्‍यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ । बबरमहलको र्‍यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषदका उपप्रमुख पदम राई, लैनचौरको र्‍यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल, कालीमाटीको र्‍यालीलाई गम्भीरलगायतका नेताले नेतृत्व गर्ने जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले जानकारी दिए । जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ । oneline bat 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.