Websoft University

मोरटसाईकल दुर्घटनामा चालकको मृत्यु


झापा, कार्तिक २६ गते । रातो तारा डट कम,झापाको भद्रपुर नगरपालिका-४ झिलिमिलि पुल नजिकै सोमवार राती मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

भित्री सडक खण्डमा राती १:५० बजेको समयमा भद्रपुरबाट ज्ञाने चौक तर्फ जाँदै गरेको मे ४ प ७७९५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकल चालक भद्रपुर नगरपालिका-८ बस्ने बर्ष ३० को किशोर प्रधान, पछाडी सवार सोही नगरपालिका-४ बस्ने  बर्ष २० को प्रताप तामाङ र बर्ष २६ को आशिष राई घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक प्रधानको राती २:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.