Websoft University

लागूऔषध सहित २ पक्राउ


मोरङ, कार्तिक २७ गते । रातो तारा डट कम,मोरङको कटहरी गाउँपालिका-२ स्थित रेल्वे ट्रयाकबाट प्रहरीले सोमबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले लागूऔषध सहित कटहरी गाउपालिका-२ बस्ने बर्ष
२९ को मोहम्मद महताज र बर्ष २० को अनिल कुमार यादवलाई पक्राउ गरेको हो।

उनीहरुलाई राती ९ :५० बजेको समयमा शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्रोसन ट्याब्लेट-९१ पिस, स्पास्मोप्रोक्सिभन-७ पिस बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.