Websoft University

सुरेन्द्र दुलालको घरमा साँझ सवा ५ बजे आगलागी


शिव भट्टराई सुनसरी कार्तिक २७ गते । रातो तारा डट कम,
सुनसरी सदरमुकाम इनरूवामा आज आगलागी भएको छ । इनरूवा–३ का सुरेन्द्र दुलालको घरमा साँझ सवा ५ बजे आगो लागेको थियो । घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला आगो लागेको स्थानीयले बताएका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारी स्वयम् आगो नियन्त्रणमा लिन घटनास्थलमा खटिएका छन् । इनरूवाको दमकल बिग्रिएको तथा इटहरी र दुहबीको दमकल घटनास्थलमा निकै ढिलो पुगेका कारण बढी क्षति भएको बताइएको छ ।कति क्षति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

इनरूवाका पत्रकार राजन पोख्रेलका अनुसार स्थानीय नगरको दमकल लामो समयदेखि बिग्रिएर थन्केका कारण दुलालको घरको केही पनि सामान नबचेको हो । उनको काठको घरको धुरीबाट एक्कासी आगो निक्लिएको थियो । के कारणले आगो लाग्यो भन्ने थाहा हुन नसकेको पोख्रेलले जानकारी दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.