Websoft University

बालिका-दुर्व्यबहार गर्ने प्रहरी खोरमा


मोरङ, कार्तिक १७ गते । रातो तारा डट कम,
मोरङको विराटनगर महानगरपालिका-१४ मा बालिकालाई दुर्व्यबहार गरेको आरोपमा शुक्रबार १ जनालाई पक्राउ गरिएको छ । दुर्व्यबहाको आरोपमा बिराटनगर-१४ मा किराना पसल संचालन गर्दै आईरहेका बर्ष ५२ को भवानी प्रसाद सिंखडालाई पक्राउ गरिएको हो ।

साँझ साढे ६ बजेको समयमा ओखलढुंगा घर भई बिराटनगर महानगरपालिका-३ मा डेरा गरी बस्दै आइरहेका ३ बर्षीया बालिकालाई सिंखडाले दुर्व्यबहार गरेको भनि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.