Websoft University

अढाई किलो गाँजा सहित भारतीय पक्राउ


मोरङ, कार्तिक २८ गते । रातो तारा डट कम,मोरङको रंगेली नगरपालिका-३ स्थित चेका भन्ने स्थानबाट प्रहरीले मंगलबार लागूऔषध गाँजा सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गाँजा सहित भारत बंगाल कुस बिहार घर भई हाल आनन्द ईटा भट्टामा लेवर काम गर्दै आईरहेका बर्ष ३० को हेमन्त बर्मनलाई पक्राउ गरेको हो ।

बिशेष सुराकीको आधारमा राती ९ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बर्मनको कोठामा खानतलासी गर्ने क्रममा अढाई किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

बरामद गाँजा सहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.