Websoft University

दुलारीमा योग शिविर हुदै


शिव भट्टराई - सुनसरी कार्तिक १६ गते । रातो तारा डट कम,
मोरङ-साना किसान कृषि सहकारी संस्था लि. दुलारी द्वारा आयोजना गरिएको बिहान ६ बजे देखि ८ बजे सम्म र दिउँसो ११.३० देखि १.३० बजे सम्मको योग शिविर जुपिटर इंग्लिस बोर्डिंग स्कूलमा सञ्चालन हुँदै आएको छ।

कार्यक्रमका प्रशिक्षक अन्तराष्ट्रीय ख्याति प्राप्त जीवन प्रवन्धन तथा माइण्ड मेमोरी एक्सपर्ट बरिष्ठ राजयोगी डा. एल .पी. पोखरेल रहेको कुरा आयोजकले बताएका छन्। यस "५ दिवसीय व्यक्तित्व विकास एवम् स्वास्थ्य जीवन शैली"योग शिविर कार्यक्रम भोली सम्पन्न हुने भएको छ।

यसरी दैनिक योगा गर्नाले शरिरका सम्पूर्ण रोगहरु निको हुने कुरा वरिस्ठ राजयोगी डा.एल.पी पोखरेल बताउँछन्।यस्ता बिभिन्न कार्यक्रम अझै आगामी दिनहरूमा पनि ल्याउदै  गर्ने कुरा साना किसान कृषि सहकारी संस्था लि. दुलारीका अध्यक्ष अजम्बर राईले बताएका छन्।यस्ता कार्यक्रमले सबैको व्यक्तित्व बिकास हुने कुरा कार्यक्रमका सहभागीले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.