Websoft University

बलेरो पिचअप जीप दुर्घटना परि दुई घाइते



काठमाडौ कार्तिक २९ गते । रातो तारा डट कम,
पाल्पाः तानसेनको होलाङ्दीमा लु १ च ९८२२ बलेरो पिचअप जीप बुधबार बिहानै दुर्घटनामा परेको छ ।

होलाङ्दीदेखि तानसेन बिशालबजारतर्फ ९गौरीशंकर होटल० निस्केको पिकअप बलेरो जीप ओभर लोडका कारण ब्याक भएर होलाङ्दीमा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । उनीहरु दुबैलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा लगिएको छ ।

उकालो बाटोमा ओभरलोडका कारण ब्याक भएर दुर्घटनामा परेको जीपले पार्किङमा  राखिएको बा १५ च ३८१५ नम्बरको स्कारपियोमा क्षति पुगेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.