Websoft University

बलात्कारीलाइ अदालतले १० वर्ष कैद सजाय सुनायो


श्याम राई-गाईघाट-कार्तिक १९ गते । रातो तारा डट कम,
सात बर्सिया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालत उदयपुरले एक युवालाई १० बर्ष कैद र पीडित लाई २० हजार रुपैया क्षतिपुर्ति उपलब्ध गराउन आदेश दिएको
छ ।
जिल्ला न्यायधिस तिर्थराज केसीको एकल ईजलासले आईतबार चौदण्डी नगरपालीका २ माडिबासका रविन राई ले बलात्कार गरेको कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो । त्यसैगरी पीडित बालिका लाई क्षतिपुर्ति बापत उक्त रकम कसुरदारबाट भराउने फैसलामा उल्लेख छ ।

२०७५ असार ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले राईलाई असार १५ गते पक्राउ गरेको थियो । शौचालय गएको बेला चकलेट दिएर राईले बालिका लाई बलात्कार गरेको भन्दै पिडित परिवारले असार १५ गते ईलाका प्रहरी कार्यलय बेल्टारमा उजुरी दिएका थिए ।

अदालतले राईलाई साउन ७ गते पुर्पक्षको लागी थुनामा राख्न आदेश दिएको थियो । बलात्कार गरेको कसुरमा ५ बर्ष र बालिका बलात्कारमा थप ५ बर्ष गरी १० बर्ष कैद हुने गरी फैसला सुनाएको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.