Websoft University

गोली प्रहार बसट हुसेनको मृत्यु-बाईकमा आएका थिए सुटर, यातायात बन्द, दुहबी सोनापुर तनाव


शिव भट्टराई सुनसरी मंगसीर ५ गते । रातो तारा डट कम,
 दुहबी । सुनसरीमा गोली प्रहार गरिएका इटा उघोगका सुपरभाईजर फिदा हुसेनको मृत्यु भएको छ । उनको उपचारको लागी नोबोल अस्पताल बिराटनगर लादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

हुसेनलाई दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी बाईकमा आएका दुई जनाको समुहले गोली प्रहार गरेका थिए ।

हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एव काग्रेस सुनसरी क्षेत्र नं. ३ का सभापति मेहेदी हुसेनका भाई हुन । उनि बिहान मर्निङ वाक गरिरहेको अवस्थामा बिहान ६ ३० को समयमा गोली प्रहार भएको हो ।

घटनाको जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान शुरु गरेको छ । गोली प्रहार गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ३ वटा गोलीका खोका बरामद गरिएको छ भने घटनाको बिरोधमा  अहिले ।दुहबी तनाब ग्रस्त रहेको छ।
Ratotara.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.