Websoft University

यस वर्षको तिहारमा बजारमा फूलको मूल्य सस्तो भएकोछ


काठमाडौ कार्तिक २२ गते । रातो तारा डट कम,
तिहारका लागि फूल खरिद गर्न काठमाडौंको असन,न्युरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै सस्तोमा पाइएको बताएका हुन्। उनीहरुले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको दाबी गरे। काठमाडौंका यादवेन्द्र श्रेष्ठले गत वर्षभन्दा यसपटक फूल धेरै सस्तोमा खरिद गर्न पाइएको बताए।

यता, व्यापारीहरुले भने भारतबाट अत्याधिक मात्रामा फूल भित्रिएकाले यस वर्षको तिहारमा फूलको व्यापार घट्न गएको बताएका छन्। काभ्रे कोशीपारिका व्यापारी राजेश्वर गौतमले गत वर्ष ४ हजारमा बेचिएको फूल यस वर्ष २ सय रुपैयाँमा पनि बिक्री हुन नसकेको गुनासो गरे।

नेपालमा यस वर्ष फूलको उत्पादन धेरै भएकाले पनि यसको मूल्य घट्न गएको केही व्यवसायीको बुझाइ छ। काभ्रे पाँचखालका फूल व्यवसायी सरोज कारिदासले नेपालमै उत्पादन बढेका कारण पनि फूलको मूल्यमा कमी आएको बताए।

तिहारलाई फूलको पर्वको रुपमा पनि लिइन्छ। तर, यस वर्षको तिहारमा धेरै उत्पादन भएका कारण सस्तोमा फूलको व्यापार गर्नुपरेको व्यवसायीहरुको भनाइ छ। तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गर्ने गरिन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.