Websoft University

सुन्दरहरैचामा बाटोको निर्माण कार्य सम्पन्न


शिव भट्टराई -कार्तिक ३० गते । रातो तारा डट कम,
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ मा रहेको नमुना मार्ग स्थित रहेको बाटोको निर्माण कार्य सम्पन्न भएको
छ ।
न्यु नमुना मार्ग निर्माण उपभोक्ता समितिले आज एक कार्यक्रम गरि बाटो निर्माण सम्पन्न भएको घोषण गरेको हो ।

राष्ट्रिय सभाका सदस्य रमेश जंग रायमाझी को प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथी सुन्दरहरैचा नगरपालिका प्रमुख शिव प्रसाद ढकाल , उप प्रमुख धना तामाङ, सुन्दरहरैचा नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई साठै सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ को उपस्थिती रहेको थियो ।

२०७४ साल चैत्र ५ गते बाट निर्माण शुरु भएको उक्त बाटोको २०७५ श्रावण १० गते कार्य सम्पन्न भएको उक्त बाटोको आज माननीय राष्ट्रिय सभा का सदस्य रमेश जंग रायमाझिले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य रमेश जंग रायमाझिले जनप्रतिनिधिले चुनावमा बोलेको कुरा नारामा मात्र सिमित राख्नु नहुने बताउनु भएको थियो । उहाले सुन्दरहरैचा नगरपालिकालाई पाच वर्ष भित्र धुलो रहित नगरपालिका बनाउने उद्घोस समेत गर्नु भएको थियो । उहाले जनप्रतिनिधी भईसकेपछी राजनितिक कुरा भन्दा सामाजिक कुरा गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालले स्थानिय जनताले यहाँ भएक समस्याहरु हामी जनप्रतिनिधिहरुलाई देखाई काम गर्ने जिम्मेवारी दिनु पर्ने बताउनु भएको थियो । उहाले बाटोको नाम पनि न्यु नमुना र बाटो पनि नमुना भएको बताउनु भएको थियो ।

कार्यक्रमा बोल्दै सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले शुरुमा बाटो बनाउदा धेरै समस्याहरु उत्पन्न भएता पनि त्यस्लाई सहजीकरण गरि बाटोलाई नमुना बनाईएको बताउनु भएको थियो । उहाले ४ नं वार्ड बाटोको विकास कार्य संग सगै अरु कार्यमा समेत अग सगै अघि बढीरहेको बताउनु भएको थियो ।

कार्यक्रममा बाटो निर्माण हुँदा लागेको आर्थीक प्रतिवेदन सुनाउदै उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र पोखरेलले नगरपालिकाबाट ३५ लाख र उपभोक्ता बाट २१ लाख गरि ५६ लाखमा बाटो निर्माण गरिएको बताउनु भएको थियो ।

उक्त सडक रु ५६ लाखमा १ किमि ड्रेन सहितको टालि  सहितको बाटो निर्माण गरिएको पोखरेलले बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.