Websoft University

प्रदेश नम्बर १ का मुख्य मन्त्री अमेरिका पुगेको, समचार लेख्ने पत्रकार लोकमणि राइ न्युयोर्कमा कुटिए

                    (कुटिएका पत्रकार लोकमणि राइ)
काठमाडौ कार्तिक २४ गते । रातो तारा डट कम,प्रदेश नम्बर १ एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएका छन् । उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका मुख्यमन्त्री राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका हुन् । स्थानीय प्रहरीले कुटपिट भएको पुष्टि गरेको छ ।
              (१नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राइ)
हाल न्यूयोर्कमा रहेर पत्रकारिता गर्दै आएका लोकमणि राईले फेसबुक स्टाटस लेख्दै समाचार लेखेकै विषयलाई लिएर आफूलाई मुख्यमन्त्रीका सहयोगीको साथीले कुटेको दावी गरेका छन् । राईले स्टाटसमा लेखेका छन्, ‘नेपालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर उनका निकट सहयोगी पारूहाङ राईका सोल्टी उमेश राईले अमेरिकामा मार्ने उद्देश्यले एक घण्टा अघि हमला गर्यो । कुन अस्पताल ल्यायो थाहा छैन । अपराधीलाई कानुनको दायरामा ल्याउन सहयोगको अपिल गर्दछु ।’

लोकमणि राई अहिले अमेरिकाबाट सञ्चालित बीआरटी नेपाल डट कममा सम्पादक छन् । मुख्यमन्त्रीको सचिवालयले भने मन्त्रिपरिषद्को स्वीकृति बमोजिम जर्मनी हुँदै अमेरिका पुगेको दावी गरेको थियो । (OBअनलाइन बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.