Websoft University

समझदारी पत्रमा हस्ताक्षर हुदै


बिराटनगर, कार्तिक ३० गते । रातो  तारा डट कम, १ नं.प्रदेश प्रहरी कार्यायल बिराटनगरको सभाहलमा भएको एक
कार्यक्रमका विच आज बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजाल विच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकार , गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको आयोजनामा यही कार्तिक ११ गते देखी देशब्यापी रुपमा‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गरिएको थियो । जस अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र स्थानीय तहहरुको संयोजनमा कार्तिक ११ गते नै १ नम्बर प्रदेश प्रहरी कार्यालय
बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा पनि एकै साथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो।

 शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा सुरक्षा निकाय लगायत स्थानीय तह, बिभिन्न संघ संस्थाहरु, बुद्धिजिवी, शिक्षक, बिद्यार्थी लगायत सम्पुर्ण सचेत नागरीकहरुको साझा सहभागिता, समन्वय, र सहकार्यलाई अझ बढवा दिने उदेश्यकासाथ शुरुवात गरिएको यस कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश अन्तरगत रहेका अधिकांश स्थानीयतहहरु र सम्बन्धित जिल्ला प्रहरी कार्यालय प्रमुखहरु बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भई सकेको छ ।

 समझदारी पत्रमा हस्ताक्षर पश्चात आफ्नो धारणा राख्नु हुँदै बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले यो कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको हुँदा स्थानीय तहबाट गर्नु पर्ने जस्तो सुकै सहयोग गर्न पनि महानगर तयार रहेको र हामी सबैले यो हाम्रो कार्यक्रमको हो भन्ने सोचेर अगाढी बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु हुँदै स्थानीय तहहरुसँगको सहकार्यमा समितिहरु समेत गठन गरी अगाडी बढ्नु पर्ने आजको आबश्यकता रहेको हुँदा सबैको सक्रिय सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज के.सी. ले उपस्थित सम्पुर्ण महानुभावहरुमा कार्यक्रमको अवधारणा र उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बिराटनगर महानगरपालिकाका उप-मेयर, अधिकांश वडाका वडा अध्यक्षहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.