Websoft University

सत्यनारायण साह ६० हजार घुस सहित रंगेहात पक्राउ परे


गाईघाट,कार्तिक १८ गते । रातो तारा डट कम,पाँच घण्टा लगाएर हात मुख धुने एक सहायक वन अधिकृत घुस सकम सहित आईतबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास महोत्तरी बाट भएको विशेष टोलीले सब डिभिजन कार्यलय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्यनारायण साह (रौनियार) लाई गाईघाट स्थित सम्पर्क कार्यलय बाट घुस रकम ६० हजार सहित रंगेहात पक्राउ गरेको
 हो ।
आफ्नो कार्यक्षेत्र भित्रका एक दर्जन सामुदायिक वनका विक्रि लिलामको लागी घाट गद्धिमा राखिएको काठको सेटिङ्ग मिलाई दिने भन्दै सामुदायिक वनका पदाधिकारी बाट रकम असुल्ने क्रममा पहिलो सेवाग्राहि बाट घुस रकम लिँदै गरेको बेला उनी पक्राउ परेका हुन् । अख्तियार टोलीले भने सेवाग्राहीको नाम खुलाउन चाहेन ।

सबै प्रक्रिया पुरा गरी काठ बाहिर लैजाने तयारी गर्दा साहले पैसा नदिय सम्म काठ लैजान नदिने भन्दै अवरोध गरेको खुल्न आएको छ । साहलाई अख्तियारले हिरासतमा राखेर छानविन सुरु गरेको छ ।

साह साहयक वन अधिकृत २ बर्ष देखि उदयपुरमा कार्यरत छन् । उनी हात मुख धुन पाँच घण्टा सम्म समय लगाउने गरेकोले उनी साथी भाई बिच सफाई अधिकृतको नामले चर्चित छन् । २ बर्षको अवधिमा उनी धेरैजसो समय राम्रो कमाई हुने ठाउँमा बस्दै आएको सहकर्मी साथिहरु बताउँछन् ।
.
पक्राउ परेका साहले भने आफुले घुस नलिएर काष्ठ व्यवसायी संघ उक्त रकम सापटी लिएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.