Websoft University

एकता भाड्न र सरकार असफल बनाउन षड्यन्त्र हुदैछ - गृहमन्त्री बादल

(फायलफोटो)

काठमाडौ मंसिर ४ गते । रातो तारा डट कम,पाँँचथर-फिदिम,
गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र भइरहेको बताएका छन्। ‘यतिबेला एकता भाड्न, सरकारलाई असफल बनाउनका लागि विभिन्न षडयन्त्रहरु हुँदैछन्। यसबाट जोगिएर अघि बढ्नु पर्ने अवस्था छ’, सोमबार फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने।

हिजो कम्युनिस्टलाई फुटाएर शासन गरेकाहरु निक्कै आक्रमक तथा चिन्तित देखिएको भन्दै मन्त्री थापाले प्रतिक्रियावादीले गम्भीर किसिमको षडयन्त्र गरिरहेको दाबी गरे। ‘फेरि फुटाएर शासन गर्न सकिन्छ कि भन्ने दाउ हेरिरहेका छन्। गम्भीर षडयन्त्रको समाना गर्नुपर्ने अवस्था छ।

सरकारलाई असफल बनाएर विघटनको बाटोमा लैजाने, एकता भाड्न खोज्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउनका षडयन्त्र गरिँदै छ। तर त्यो सफल हुँदैन’, थापाले भने। सरकारले समृद्धिका लागि महत्वपूर्ण काम अघि बढाउने र काम गरेर देखाउने उनको भनाई छ।

मंसिरभित्र एकताले पूर्णता पाउने :-
मन्त्री थापाले मंसिरभित्र नेकपाको एकता प्रक्रियाले पूर्णता पाउने पनि बताए। प्रदेश, जिल्ला, स्थानीय तह, जनवर्गीय संगठनको एकतालाई पूर्णता दिन जुटिरहेको उनको भनाई छ। ‘तपाईहरु पनि ढिलाई हुँदा चिन्तित हुनुहुन्छ। देशभर यस्तो चिन्ता छ। पार्टी एकतालाई छिटो भन्दा छिटो पूर्णता दिन आवश्यक छ’, कार्यकर्ता माझ थापाले भने, ‘ढिलाई हुँदा एकता विरोधीहरु खेल्ने ठाँउ पाउँछन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट समाजवादको लक्ष्यको रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान अघि सारिएको उनले बताए। विश्व नै चकित हुने किसिमको कम्युनिस्ट एकता भएको भन्दै तीनै तहमा बहुमत हासिल गरेर प्राप्त असाधारण परिवर्तनलाई निरन्तरता दिन जुट्नुपर्ने अवस्था रहेको थापाले बताए। चाडै एकता प्रक्रिया पूर्ण हुनेमा ढुक्क हुन कार्यकर्तालाई आह्वान गरे। अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.