Websoft University

महासंघका केन्द्रिय सभापति गोविन्द आचार्य संग पत्रकाहरुको भेट–घाट कार्यक्रम सम्पन्न


बिराटनगर,कार्तिक २८ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य संघ मोरङका पत्रकारहरुले आज भएको भेट घाटमा बिभिन्न बिषयमा छलफल गरेका छन ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै,कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय सभापति आचार्यले अहिले धमाधम ऐन कानुहरु बन्ने क्रम भइरहेकोले र त्यसमा महासंघले चनाखो भएर पत्रकारीताको हितमा सुजाव दिने काम गर्दै छ, भने पूर्वमा एउटा पत्रकारहरुको राष्ट्रिय भेलाको आयोजना गर्ने,पत्रकारहरुको बीमा सेवा सुबिधा प्रेस पास सुबिधा अनलाईन संम्बन्धि कानुनी व्यावस्था बिधुतिय कारोवार ऐनका बारेमा पत्रकार बाट उठेका कुराहरुकै बारेमा सभापतिले जवाफ  राख्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासघ सभापति मोरङका सभापति बन्धु पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रमा आवद्घ सन्चार कर्मीहरुले आ आफना सजावहरु राख्नु भएको थियो । उक्त छलफलमा
प्रदेश समिति अध्यक्ष महासचिव समेतको उपस्थिति रहेको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.