Websoft University

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने


विराटनगर,कार्तिक २८ गते । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्वमा रुपमा अधिकारीलाई आगामी मंसिर १ गते अभिनन्दन गरिने भएको हो ।

ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति मध्ये एक जनालाई गरिने अभिनन्दनमा पहिलो पटक अधिकारी परेका हुन् । अभिनन्दनका लागि एलिट क्लबका अध्यक्ष डा. भेषप्रसाद धमलाको अध्यक्षतामा सय भन्दा बढी संघ संस्थाका प्रतिनिधी, राजनीतिक तथा सामाजिक व्यक्तित्व, सांसद, पेशाकर्मी, साहित्कार समेत सम्मिलित ३०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

अध्यक्ष धमलाले यस्तो परम्परा स्थापित गर्दै प्रत्येक वर्ष ज्येष्ठ नागरिकको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका मध्ये एक जनालाई नागरिक अभिनन्दन गरिने जानकारी दिए । कार्यक्रमलाई व्यवस्थित गर्न ३८ सदस्यीय कार्यसम्पादन समिति पनि बनेको छ । समितिको उपाध्यक्षमा विराटनगरका पूर्व मेयर रमेशचन्द्र पौडेल, सचिवमा मनमोहन स्मृति प्रतिष्ठानका सुभासश्री पोखरेल र कोषाध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे छन् ।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको संयोजकत्वमा सल्लाहकार समिति र विभिन्न पाँच उपसमिति अभिनन्दनका लागि बनाइएको छ । उपसमिति मध्ये प्रचार प्रसार समिति संयोजकमा डिल्ली पोखरेल, अभिनन्दन तथा प्रकाशन उपसमिति संयोजकमा कविराज न्यौपाने, जनपरिचालन उपसमिति संयोजकमा रमेशचन्द्र पौडेल, मञ्च व्यवस्थापन समिति संयोजकमा भीम घिमिरे र स्वास्थ्य उपसमिति संयोजकमा प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख मधुसूधन कोइराला रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.