बिराटनगर,मंसीर २ गते । रातो तारा डट कम,क्यान कम्प्युटर एशोसिएशन नेपाल महासंघ शाखा मोरडले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर क्यान इन्फोटेक २०७५,पुस १९ देखि २३ गते सम्म स्थानिय जैन भवन प्रगणमा आयोजना हुने कुरा बताएका छन ।
सूचना तथा संन्चार बिकासका साधानहरु नयाँ भर्शनका मोवाइल यप्स आधुनिक कम्प्युटर आधुनिक साधानहरु प्रदर्शनमा राखिने कुरा पत्रकार सम्मेलनमा बताइएकोछ ।
क्यानका केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठ र केन्द्रिय महासचिव पवन शर्माले दिएको जानकारी अनुसार १२० स्टलहरु राखिने र सातै प्रदेश बाट सहभागि गराइने बताइएको छ ।
राजेन्द्र प्रसाद यादव र राजन लम्सालले दिएको जानकारी अनुसार क्यानको प्रदर्शनीमा करिव चार लाख मानिसले अवलोकन गर्ने छन भने रु ५ करोडको कारोवार हुने अनुमान गरिएको बताएका छन ।
मेला व्यवस्थापनमा करिव रु ८० लाख खर्च हुने अनुमान गरिएको बताएकाछन ।
Post a Comment