Websoft University

तिहारको बेला तिन जना बलात्कारमा परे


श्याम राई÷उदयपुर,गाईघाट, कात्तिक २६ गते । रातो तारा डट कम, उदयपुरको विभिन्न ठाउँमा तिहारको बेला तिन जनाको बलात्कार भएको छ । उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाभन्ज्याङ्गमा आईतबार एक १२ वर्षिया किशोरी मृत अवस्थामा फेला परेकीछिन् । स्थानीय दुर्गा वहादुर खडकी छोरी एन्जिला खड्का मृत अवस्थामा भेटिएको प्रहरी जनाएको छ ।

उनको बलात्कार पछि हत्या गरिएको आशंका गरिएको छ । शनीबार दिउँसो २ बजे घरबाट बाख्रा चराउन गएकी बालिका फर्केर नआएपछि घर परिवार र स्थानीयले खोज तलास क्रममा अमलाभन्ज्याङ्गमा मृत अवस्थामा शब फेला परेको वडाअध्यक्ष तथा बालिकाकी ठूलो बुवा दुर्गाराजखड्काले बताए ।

घरदेखि करिब ४०० मिटरको दुरीमा बाख्रा चराउन गएकी बालिका हराएपछि रातभरी खोजी गरेको भएपनि भोलि पल्ट कपडा चातिएको अवस्थामा भेटिएको र बालिकाको कसै ले बलात्कारगरि हत्या गरेको हुन सक्ने उनले बताए । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक अर्जुन राणाभाट सहितको प्रहरी टोलीलाई घटना स्थलमा पठाईएको प्रहरी उपरिक्षक चन्द्रदेव राईले बताए ।

त्यसैगरि त्रियुगा नगरपालिका वडा न. २ मोतिहाईका २७ वर्षिय सन्तोष धामीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लक्ष्मी पूजाको राती स्थानीय एक युवतीलाई करणी गरेको आरोपमा राजधामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पिडित युवतीले आफू माथि करणी गरेको प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरिएको एस.पी. राईले बताए ।

लक्ष्मी पूजा गरेर आफनै घरमा सुतिरहेको अवस्थामा झयालबाट पसेर जबरजस्ती बलात्कार गरेको पिडित युवतीले बताईन् । देउसी खेल्न निस्केकी किशोरीलाई बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेको छ । गोवर्धन पूजाको दिन देउसी खेल्न निस्केकी किशोरीलाई जबरजस्ती पकडिएर स्थानीय लक्ष्मी थापाको घर लगी जबरजस्ती करणी गर्ने त्रियुगा नगरपालिका ( रातमाटेका प्रेम रायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफूलाई जबरजस्ती नियन्त्रणमा लिई रातभरि कोठामा राखेर बलात्कार गरेको पिडित किशोरीले प्रहरीमा लिखित उजुरी गरेपछि रायालाई पक्राउ गरि अनुसन्धान प्रकृया शुरु गरिएको एस.पी. राईले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.