Websoft University

बिराटनगर महानगर भित्र जताततै फोहरै फोहोर - सडकहरुमा थुप्रिएको फोहोर उठेन


विराटनगर,कार्तिक २७ गते । रातो तारा डट कम,
दशैंको बोनस माग्दै कामदार आन्दोलनमा उत्रिएपछि विराटनगर महानगरपालिकाका सडकमा थुप्रिएको फोहोर उठेको छैन । फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी वेष्ट म्यानेजमेन्ट  ग्रुपका कामदार काम छाडेर आन्दोलनमा उत्रिएपछि विराटनगरका सडकहरुमा थुप्रिएको फोहोर नउठेको हो ।

फोहोर व्यवस्थापनमा काम गर्दै आएका २ सय ५० मजदुर आन्दोलनमा उत्रिएपछि आइतबारदेखि फोहोर नउठेको वेष्ट म्यानेजमेन्ट गु्रपका सञ्चालक देवी आचायले बताइन् । घाटामा काम गरिरहेको बताउँदै उनले कामदारलाई दशै बोनस दिन सक्ने अवस्था नरहेको बताए । तर मजदुरले दशै बोनस पाउनु पर्ने माग राख्दैै आइतबारदेखि फोहोर उठाउन छाडेका हुन् । ‘कम्पनी दशै बोनस दिन सक्ने अवस्थामा छैन् ।’ उनले भने ‘ मासिक तलब नियमित उपलब्ध गराएकै छौं ।’ ठेकेदार मार्फत काम गरीरहेका मजदुर मध्ये आधा पार्ट टाइम र आधा फुल टाइम काम गर्ने छन् । फूल टाइम गर्नेलाई करार सेवा अन्तरगत मासिक १५ हजार र पार्ट टाइम काम गर्नेलाई ८ हजार पारिश्रमिक पाउने गरेका छन् ।

विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापन गरे बापत ठेकेदार कम्पनीलाई मासिक ११ लाख ४० हजार रुपैया दिदै आएको छ । तर चाडपर्बमा फोहोर नठेपछि बिकल्प खोज्ने अवस्था आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । ‘ तत्काल समस्या सामधान गरेर फोहोर उठाउन भनेका छौ ।’ उनले भने ‘ काम नगरे महानगरले बिकल्प खोज्छ ।’ ठेकेदार कम्पनीबाट चित्त बुझ्दो काम नभएको बताउँदै उनले काम नगरे बिकल्प खोज्ने बताए ।

विराटनगरमा सामान्य अवस्थामा दैनिक ३० देखि ३५ टयाक्टर सम्म फोहोर संकलन हुन्छ । चाडबाडमा भने ५० टयाक्टर भन्दा बढी फोहोर संकलन हुने आचार्य बताउँछिन् । फोहोर व्यवस्थापनकालागि २५ वटा टयाक्टर प्रयोग गरिदै आएको छ ।

दशैंको बोनस माग्दै कामदार आन्दोलनमा उत्रिएपछि विराटनगर महानगरपालिकाका सडकमा थुप्रिएको फोहोर उठेको छैन । फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी वेष्ट म्यानेजमेन्ट गु्रपका कामदार काम छाडेर आन्दोलनमा उत्रिएपछि विराटनगरका सडकहरुमा थुप्रिएको फोहोर नउठेको हो ।

फोहोर व्यवस्थापनमा काम गर्दै आएका २ सय ५० मजदुर आन्दोलनमा उत्रिएपछि आइतबारदेखि फोहोर नउठेको वेष्ट म्यानेजमेन्ट गु्रपका सञ्चालक देवी आचायले बताइन् । घाटामा काम गरिरहेको बताउँदै उनले कामदारलाई दशै बोनस दिन सक्ने अवस्था नरहेको बताए ।

तर मजदुरले दशै बोनस पाउनु पर्ने माग राख्दैै आइतबारदेखि फोहोर उठाउन छाडेका हुन् । ‘कम्पनी दशै बोनस दिन सक्ने अवस्थामा छैन् ।’ उनले भने ‘ मासिक तलब नियमित उपलब्ध गराएकै छौं ।’ ठेकेदार मार्फत काम गरीरहेका मजदुर मध्ये आधा पार्ट टाइम र आधा फुल टाइम काम गर्ने छन् । फूल टाइम गर्नेलाई करार सेवा अन्तरगत मासिक १५ हजार र पार्ट टाइम काम गर्नेलाई ८ हजार पारिश्रमिक पाउने गरेका छन् ।

विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापन गरे बापत ठेकेदार कम्पनीलाई मासिक ११ लाख ४० हजार रुपैया दिदै आएको छ । तर चाडपर्बमा फोहोर नठेपछि बिकल्प खोज्ने अवस्था आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । ‘ तत्काल समस्या सामधान गरेर फोहोर उठाउन भनेका छौ ।’ उनले भने ‘ काम नगरे महानगरले बिकल्प खोज्छ ।’ ठेकेदार कम्पनीबाट चित्त बुझ्दो काम नभएको बताउँदै उनले काम नगरे बिकल्प खोज्ने बताए ।

विराटनगरमा सामान्य अवस्थामा दैनिक ३० देखि ३५ टयाक्टर सम्म फोहोर संकलन हुन्छ । चाडबाडमा भने ५० टयाक्टर भन्दा बढी फोहोर संकलन हुने आचार्य बताउँछिन् । फोहोर व्यवस्थापनकालागि २५ वटा टयाक्टर प्रयोग गरिदै आएको
छ । खबर पुर्वान्चल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.