काठमाडौ कार्तिक १४ गते । रातो तारा डट कम,यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा निस्केको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बुधबार भाइटीकाको साइत सार्वजनिक गरेको हो।
कार्तिक शुक्ल द्वितीयमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्टचिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने परम्परा रहेको समितिका अध्यक्ष डा। रामचन्द्र गौतमले बताए। ।
यो वर्षको यमपञ्चक कात्तिक १९ गते सुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ। कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ। काग र कुकुरलाई सनातन धर्ममा यमदूत मानिन्छ ।
कात्तिक २१ गते कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ। यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ। कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन्।
कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु र गोवर्धन पूजा हुन्छ। यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ।
Post a Comment