Websoft University

अष्ट्रेलियामा प्रर्दशन गर्न बिक्रि भयो जात्रै जात्रा


काठमाडौ कार्तिक २९ गते । चलचित्र जात्रै जात्रा को टिजर सार्वजनिक भएसगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ ।

चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैयामा सम्झौता भएको हो । होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले  जात्रै जात्राको सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिर्पोट हेरेर जात्रै जात्रा अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् ।

पहिलो फिल्मले दर्शकको मन जितेको र  जात्रै जात्रा को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले चलचित्र प्रर्दशनका लागि ३५ लाख रुपैया लगानी गरेको उनको भनाई छ ।

निर्माता  तथा कलाकार रबिन्द्र सिंह बानियाँका अनुसार अन्य देश हरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको बताएका छन् । यस्तै, ब्राण्डहरु संगको सहकार्य र विदेश राईटको बिक्री आँकलन गर्दा हेर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ ।

हाल अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठुलो प्रतिफल दिने देशमा गनिन्छ । त्यस पछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् ।

 निर्देशक भट्टराईको अघिल्लो फिल्म जात्राले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म शत्रुगतेले सिड्नीमा मात्र १७ शो  र  अष्ट्रेलिया भर ४० भन्दा  बढी हाउसफुल शोहरु गर्न सफल भएको थियो । 

षट्कोण आर्टस् प्रा लि को ब्यानर मा निर्मित जात्रै जात्रा यहि फागुन १७ गते देखि प्रदर्शनमा आउदैछ । चलचित्रमा रबिन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.