Websoft University

किर्ते गरि नागरिकता लिने दिलाउने पोद्धारले पक्राउ- वडा अध्यक्ष जोगाउन चलखेल सुरु


बिराटनगर कार्तिक १७ गते । रातो तारा डट कम,झुटो बिवरणमा नगरिकता सिफारिस गर्ने जनप्रतिनिधीलाई जोगाउने चलखेल भइरहेको खुलेको छ । किर्ते गरि नागरिकता लिने पक्राउ परे पनि सिफारिस दिने वडा अध्यक्षलाई जोगाउने चलखेल भएकोछ।

नागरिकताको लागि झुटो बिवरण पेश गरेका व्यक्तिलाई सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बर वडा अध्यक्ष उद्धब अर्याललाई जोगाउन लागि परेको स्रोतको दाबी छ । प्रहरीले विराटनगर १ का ४५ वर्षिय वडा सदस्य रमेश साह र सुन्दर हरैचा घर भइ हाल विराटनगर महानगरपालिका १ नम्बर वडा सचिब पुष्पा तिम्सिना, झुटो बिवरण पेश गरि नागरिकता लिने विराटनगर १ घर भइ हाल मोरङको कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षिय सत्यनारयण पोद्दार र उनका छोरा भनिएको २५ वर्षिय राजेन्द्र पोद्दारलाई मात्र मोरङ प्रहरीले अभियोग लगाउने तयारी गरेको अदालत स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय पोद्दारले आफ्नो छोरा भन्दै २ जनाको नागरिकताको लागि झुटा बिवरण पेश गरेका थिए । पोद्दारले पेश गरेको बिवरण अनुसार वडा अध्यक्ष अर्याल, सदस्य साह र सचिब तिम्सिनाले नागरिताको लागि सिफारिस गरिदिएको बताइएको । झुटा बिवरण पेश गरि पोद्धारले आफ्नो छोरा भन्दै यस अघि विभिन्न मितिमा गैर नागरिक भारतका पाँच जना व्यक्तिलाई नागरिकता बनाइएको खुलेको छ । उनले मोटो रकम लिदै गैर नागरिकलाई नागरिकता बनाइदिने गरेको स्रोतले बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका हुन् । तर जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंका गरेपछि घटना सार्वजनिक भएको हो । मोरङ प्रहरीले किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा भगतलाई पक्राउ गरेको छ ।

भगत पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वाड अध्यक्ष अर्याल, साँची बस्ने वार्ड सदस्य साह र वडा सचिव तिम्सिना सम्पर्क बिहीन छन् । प्रहरीले उनीहरु तिनै जनालाई पक्राउ गर्ने प्रयास गरे पनि अर्याल र साह भारतीय भूमिमा रहेका कारण पक्राउ पर्न सकेका छैनन् । तिम्सिना भने मोवाइल अफ गरेर फरार भएकि छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डियएपी निशान थापाले झुटा बिवरण पेश गरि नागरिकता बनाउने पौद्धारलाई पक्राउ गरि अनुसन्धान भइरहेको बताए । ‘झुटा विवरण पेश गरि नागरिकता बनाएको उजुरी आएपछि पौद्धारलाई पक्राउ गरेको हो,’ उनले भने, ‘अदालतमा म्यात थप गरि अहिले अनुसन्धान भइरहेको छ । क–कसलाई प्रतिवादी बनाएर अभियोग लगाउने सरकारी वकिल मार्फत हुनेछ ।’

जिल्ला प्रसाशन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सिफारिसमा शंका लागेर बुझन खोज्दा झुटा बिवरण पेश गरेको खुलेपछि पक्राउ गरि अनुसन्धान गर्न प्रहरीलाई पत्रचार गरेको बताए । वडा अध्यक्ष अर्यालले आफुलाई फसाएको भन्दै अनुसन्धान गर्न उजुरीसमेत दिएकोले उनलाई प्रतिवादी नबनाएको हुन सक्ने उनले
बताए ।

यता वडा अध्यक्ष अर्यालसँग बुझन खोज्दा उनी सम्पर्क विहीन भएका छन् । त्यस्तै वडा सदस्य साहसमेत गायब छन् । स्थानियबासीको अनुसार वडा अध्यक्ष अर्याल उपचारको बहानामा सम्पर्कबिहिन छन् । वडा सचिब तिम्सिना घरयासी काम देखाउँदै विदा लिएर बसेकी  छिन् । आजको ब्लाष्ट दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.