Websoft University

अवैध सामान बरामद

(फायल फोटो)
झापा, कार्तिक १७ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-१५ स्थित निन्दा खोलाको बगरबाट प्रहरीले अन्दाजी १ लाख २० हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले राती सवा ८ बजे अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको सेन्डो भेष्ट-१९२ थान, सर्ट-१३० थान, भेष्ट-७२ थान, कमब्याड भेष्ट-३२ थान, म्याक्सी-५ थान र समेज-६ थान फेला पारी बरामद गरेको हो । 

बरामद सामान इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको र आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईने उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.