Websoft University

चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी छिट्टै आउने- चिनियाँ राजदूत


काठमाडौ कार्तिक २६ गते । रातो तारा डट कम,नेपालका लागि चिनियाँ राजदूत यु होङले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी छिट्टै आउने बताएका छन् । आइतबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलसँगको भेटघाटमा राजदूत होङले यस्तो बताएका हुन् ।

उनले नेपालमा कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अझै बढाइने बताए। धेरै चिनियाँको मनमा रहेको लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्दै राजदूत होङले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको स्पष्ट गरे ।

चिनियाँ राजदूतले उपयुक्त समयमा चीनको भ्रमणका लागि मुख्यमन्त्रीलाई निमन्त्रणासमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । भेटका अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश सरकारका प्रमुख सचिव डा। तीर्थ ढकाललगायतको सहभागिता थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.