Websoft University

चार संगठित संस्थालाई १ अर्ब ८८ करोड रकम बरावरको आईपीओ निस्काशन गर्न अनुमति प्रदान


काठमाडौ कार्तिक २५ गते । रातो तारा डट कम,
चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा २५ वटा संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निस्काशन ९आईपीओ० को अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा १ अर्ब ८८ करोड रूपैयाँ बरावरको आईपीओ निस्कासन गर्न अनुमति पाएका छन् ।

धितोपत्र बोर्डका अनुसार निवेदन दिएकामध्ये ३ वटा जलविद्युत् कम्पनी र एउटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थालाई १ अर्ब ८८ करोड रकम बरावरको आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको छ । आईपीओ अनुमतिको प्रक्रियामा रहेका मध्ये १० वटा संगठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेकोमा २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न सूचित गरिएको छ भने प्रकृयामा रहेका ४ वटा लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी आईपीओ निस्कासन गर्न सूचित गरिएको बोर्डले जनाएको छ ।

त्यस्तै एउटा संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधनका लागि लेखि पठाइएको छ । यस अवधिमा ७ वटा संगठित संस्थाले बोर्डको राय सुझाव बमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेकोमा प्राप्त जवाफको पुनरावलोकन गरी ३ वटा संस्थालाई राय सुझाव बमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेश गर्न सूचित गरिएको पनि जनाइएको छ ।

प्रक्रियामा रहेका मध्ये गर्जाङ उपत्यका हाइड्रो पावर लि।, लाफिङ बुद्ध पावर नेपाल लि। र युनिक हाइडेल कं। लि। लाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न सूचित गरिएकोमा लामो अवधि व्यतित हुँदा पनि कुनै प्रतिक्रया प्राप्त नभएको पनि बोर्डले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र ११ वटा संगठित संस्थाले आईपीओको अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेका छन् । गत आवको सोही अवधिमा जम्मा १९ वटा संगठित संस्थाको निवेदन आईपीओ अनुमतिको प्रकृयामा रहेका थिए । गत आबको सोही अवधिमा जम्मा १ वटा कम्पनीलाई १ करोड ८० लाख बराबरको आईपीओ निस्काशन अनुमति प्रदान गरिएकोमा चालू आबको पहिलो त्रैमासमा आईपीओ अनुमतिको संख्या र रकम दुवैमा उल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ ।

यस अवधिमा २ वटा संगठित संस्थाले हकप्रद सेयर निस्कासन गर्न निवेदन पेश गरेको समेत गरी जम्मा ११ वटा संगठित संस्थाको निवेदन प्रक्रियामा रहेका थिए । गत आवको सोही अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाको हकप्रद सेयर निस्काशन अनुमतिसम्बन्धी निवेदन प्रकृयामा रहेका थिए । यस आवको पहिलो त्रैमासमा हकप्रद निस्कासनको संख्या तथा रकममा कमी आएको छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु(याइसकेको देखिएकाले हकप्रद सेयर निस्काशनमा कमी आएको छ । प्रकृयामा रहेका मध्ये यस अवधिमा ३ वटा लघुवित्त वित्तीय संस्थालाई १६ करोड ९० लाख रूपैयाँ रकम बरावरको हकप्रद शेयर निस्कासन गर्न अनुमति प्रदान गरिएको छ । कारोवारबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.