Websoft University

खैनी र पटका बरामद


झापा, कार्तिक २१  गते । रातो  तारा  डट  कम,झापाको गौरीगंज गाउँपालिका २ र ३ बाट प्रहरीले मंगलबार बिभिन्न किसिमका पटका र खैनी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले बिहान करिब १० बजेको समयमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी २५ हजार मूल्य बराबरको १०० किलो खैनी बरामद गरेको छ ।

गौरीगंज गाउँपालिका-३ स्थित देवीगाउँबाट बरामद गरिएको उक्त खैनी इलाका प्रहरी कार्यालय गौरीगंजमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी बिहान सवा ९ बजेको समयमा गौरीगंज गाउँपालिका-२ भाकुरमारीबाट बिभिन्न किसिमका पटका बरामद गरेको छ ।

भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा अन्दाजी ११ हजार मूल्य बराबरको ३७ प्याकेट पटका बरामद गरेको हो । पटका ओसार-पसारमा संलग्न ब्यक्ति फरार रहेकोले खोजीकार्य भईरहेको तथा बरामद पटका इलाका प्रहरी कार्यालय गौरीगंजमा राखि थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.