Websoft University

ठूलो रकम सहित सुनसरीबाट १० जुवाडे पक्राउ


सुनसरी, कार्तिक २८ गते । रतो  तारा डट  कम, सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित सिदार्थ मार्गबाट प्रहरीले मंगलबार ठूलोरकम सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

 बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा झापा लखनपुर गाउँपालिका-१ घर भई हाल धरान-१० बस्ने बर्ष ३५ को भरत थापा, सुनसरी घुस्की-८ घर भई हाल धरान-९ बस्ने बर्ष ३९ को उमेश सोमी, धरान-२० बस्ने बर्ष २५ को राजु खड्का, धरान-११ बस्ने बर्ष ३१ को तुलाराम राई, बर्ष ३६ को रवी कुमार राई, ईटहरी-४ बस्ने बर्ष ३७ को गुणराज राई, धरान-१७ बस्ने बर्ष ३५ को संजय राई, ईटहरी- २० बस्ने बर्ष २६ को मिलन राना साम्पाङ राई, धरान-१८ बस्ने बर्ष ४० को मिलन गुरुङ र धरान-१५ बस्ने बर्ष २७ को सञ्जु राईलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त खालबाट ३ बुङ तास सहित नगद ४ लाख ८ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका दशै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.