Websoft University

बस दुर्घटना हुँदा १६ जना घाइते-घाइतेको उपचार हुदै


काठमाडौ,कार्तिक २९ गते । रातो तारा डट कम,पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोतीमा बिहीबार बिहान दाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६३०१ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परेर सामान्य घाइते भएका १२ जनाको कालीगण्डकी अस्पताल कावासोती र गम्भीर चोट लाग्ने चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
गम्भीर चोट लाग्ने दाङ सतवरीया ८ बस्ने २६ वर्षीया पूजा तामाङ, दाङ लमही ९ बस्ने ३० वर्षीया कल्पना बुढामगर, दाङ देउखुरी बस्ने ४७ वर्षीया रामदुल्ली चौधरी र दाङ देउखुरी ६ बस्ने ५० वर्षीय प्रदेसु चौधरी रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.