Websoft University

लागूऔषध गाँजा र चक्कु सहित १ पक्राउ


सुनसरी, कार्तिक २४ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थित बगरकोटबाट शुक्रबार अवैध लागूऔषध गाँजा र चक्कु सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा डेरा गरी बस्ने बर्ष २७ को बिरेन्द्र तामाङ रहेका छन् ।

तामाङलाई राती १२ बजेको समयमा शंका लागी निजको कोठामा चेकजाँच गर्ने क्रममा ५ सय ग्राम गाँजा र १ थान रेम्बो चक्कु बरामद गरेको हो । बरामद सामान सहित निजलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.