Websoft University

लागूऔषध सहित २ जना पक्राउ


सुनसरी, मंसिर १ गते । रातो तारा डट कम,सुनसरीको इटहरी उप-महानगरपालिका-२० तरहरा चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-१९ बस्ने वर्ष ३० को रक्कि देवान र बिराटनगर-१६ बस्ने वर्ष १८ को जिवछ शर्मालाई पक्राउ गरेको हो ।

राती ९ बजेको समयमा तरहरा चौकमा बा २५ प.३९४१ नम्बरको मोटरसाईकल पार्किङमा राखि शंकास्पद अवस्थामा हिडडुल गरिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा एभिल-१०० एम्पुल, लुपिजेसिक-१०० एम्पुल, फेनारगन-१०० एम्पुल र डाईजेल्याव-१०० एम्पुल लागूऔषध बरामद गरिएको हो ।

बरामद लागूऔषध, मोटरसाईकल र दुबैजनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.