Websoft University

पार्टीमा एकता मौरीको जस्तो होस- गंगटा प्रबृत्तिको अन्त्य होस् - मन्त्री पण्डित



विराटनगर, कार्तिक १८ गते । रातो तारा डट कम, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पार्टीमा संख्या बढ्दैमा गति नबढ्ने बताए ।

नेकपा प्रति लक्षित गर्दै उनले दुवै पार्टीको एकता मौरीको जस्तो भए मात्र गति तीव्र हुने बताए । प्रेस चौतारी मोरङ र प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको शुभकानमा आदान प्रदान कार्यक्रममा मन्त्री पण्डितले पार्टीमा गंगटा प्रवृतिको अन्त्य हुनु पर्ने बताए । उनले भने,‘ पार्टीमा एकता मौरीको जस्तो होस्, गंगटा प्रबृत्ति अन्त्य होस् ।’ चाड पर्वले सद्भावलाई एकतामा रुपान्तरण गर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकु्मार कार्कीले चाडपर्वले नेपालीलाई एकतामा बाध्ने गरेको बताए । उनले चाडपर्वले नेपालीलाई एकताबद्ध बनाओस् भन्दै शुभकामना दिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले समाज बदल्नमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले पत्रकारको कलम अझै परिस्कृत होस् भने ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियत, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, नेकपा केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सांगितिक प्रस्तुतीमा पनि गरिएको थियो । अरुण उपत्यकाका कालाकार हरिवहादुर खत्री र जनसांस्कृतिक महासंघका कलाकार सञ्जीव धिमालले मनोरञ्जन प्रदान गरे । कार्यक्रममा पत्रकार तथा पत्रकारको परिवारसमेतको बाक्लो उपस्थीत रहेको
थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.