Websoft University

आज साँझ ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु-३५ घाइते मध्ये ५ जनाको अबस्था गम्भीर

(फायलफोटो)
श्याम राई-गाईघाट,कार्तिक २५ गते । रातो तारा डट,कम, उदयपुरको बेलका नगरपालिकाको रंगमहलमा आईतबार साँझ ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाईते मध्ये ५ को अवस्था गम्भिर रहेको छ ।
मदन भण्डारी लोकमार्गअन्र्तगतको धरान–चतरा–गाईघाट सडकखण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स.१.त.५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ बर्षीया बिनिता चौधरी, २० बर्षीय इन्द्र चौधरी र २० बर्षीया दिपिका चौधरीको मृत्यु भएको हो ।

उदयपुर र सुनसरी जिल्लाको सिमाना चतराघाटको कोसी पुलमा वनभोज खाएर घर बेलका नपा २ को तपेश्वरी वेलहा फर्कनेक्रममा उकालोको घुम्तिमा मोडनेक्रममा ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिंहले जानकारी दिए ।

घटना लगत्तै पुगेको इप्रका रामपुरको टोली र स्थानीयले घाईतेको उद्धार गरी उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा तीन जनाको बाटोमा मृत्यु भएको इन्स्पेक्टर सिंहले बताए । उनीहरुलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्य घोषणा गरेको विरामी लिएर गएका बेलका नगरपालिका प्रेस संयोजक भरत घिमिरेले जानकारी दिए ।

घाईते सबैको विपि कोईराला धरानमा उपचार भईरहेको उनले बताए । चिकित्सकका अनुसार घाईते सबै जना खतरामुक्त रहेका छन् । सडकबाट २५ मिटर तल खसेको ट्याक्टरमा ३६ जना सवारत थिए । घाईतेको अबश्था बुझ्न बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् । उनीहरु वनभोज खाएर दुई वटा ट्याक्टरमा घर फर्कदै गरेका थिए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.