Websoft University

झापा र मोरङबाट अवैध सामान बरामद


बिराटनगर, कार्तिक १९  गते । रातो  तारा  डट कम,झापा र मोरङ जिल्लाबाट प्रहरीले आईतबार ७४ हजार ८ सय ६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । झापाको हल्दीवारी गाउँपालिका ४ बाट प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले अन्दाजी २० हजार मूल्य बराबरको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ ।

मे ७३ प ३१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा अन्दाजी २० हजार मूल्य बराबरको खाने तेल, भेष्ट, काजु, किसमिस, बदाम, नरिवल र नाइलनको झोला सहित मोटरसाईकल चालक झापा शिवसताक्षी नगरपालिका-४ बस्ने वर्ष २२ को सन्दिप साह र पछाडि
सवार वर्ष २५ को मोहन टुडुलाई पक्राउ गरेको हो ।

करिब दिउँसो साढे १२ बजेको समयमा पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ स्थित बिभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले अन्दाजी ५४ हजार ८ सय ६० रुपैयाँ मूल्य बराबरको लत्ता कपडा, किराना तथा घरायसी सामान बरामद गरेको थियो ।

भारतबाट नेपाल तर्फ अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको उक्त सामान आजै भन्सार कार्यालय रानी मोरङमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.