Websoft University

ट्याक्टर दुर्घटनामा २ घाइते


मोरङ, कार्तिक १८ गते । रातो तारा डट कम,
मोरङको बेलबारी नगरपालिका-४ स्थित सृजना चौकमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

दिउँसो करिब साढे ३ बजको समयमा भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १ त ८१७८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टर चालक मोरङ ग्रामथान गाउँपालिका-४ बस्ने वर्ष ३० को तिलकराम माझी र ट्याक्टरमा सवार वर्ष ३० को हर्नु चौधरी गम्भीर घाईते भई उपचारको लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

ट्याक्टरलाई इप्रका बेलबारीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.