Websoft University

गिरिजाप्रसाद कोइराला फाउन्डेनसनको कोइराला परिवारका तीनै नेताले सयुक्त रूपमा उदघाटन गरे


बिराटनगर मंसिर ३ गते । रातो तारा डट कछ,गिरिजा प्रसाद कोइराला फाउन्डेनसन कार्यक्रममा एकै माला कोइराला परिवारका तीनै नेता समाबेश भएका भने फाााउन्डेसनको उदघाटन पनि सयुक्तैरूपमा गरेका थिए।

बिराटनगर देखि काठमाडौ सम्मका कोइराला परिवार  पछिल्लो समयमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी कसेर अगि बढीरहेका थिए, तर कोइराला परिवारका तीन नेता आज विराटनगरमा आयोजित कार्यक्रममा एकै मालामा देखिदा कार्यकर्ता बसै खुसि भएका थिए ।
विराटनगरमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला फाउन्डेनसनको आयोजनामा आज एउटै मालामा देखिएका हुन् । सुजाताको विशेष पहलमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा पार्टीमा स्पष्ट सन्देश दिने गरी तीन कोइराला एकै ठाउँमा उभिएका हुन् ।

त्यस क्रममा बीपी पुत्र डा. शशांक, गिरिजापुत्री सुजाता र केशव–नोना पुत्र डा. शेखर कोइरालाले सम्यूक्त रुपमा फाउन्डेसनको कार्यालयको उद्घाटन गरेका हुन् । देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतीका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई संगठित वनाउन कुनैपनी कसर वाकी नराख्ने सार्वजनिक रूमै बताएका छन ।

विराटनगर स्थित कोइराला निवासको परिसरमा निमार्ण गरिएको जिपि कोइराला फाउण्डेसनको एक नम्वर प्रदेश कार्यालय भवनको आज उद्घाटन गर्दै उनले कांग्रेसलाई पहिलेको अवस्थामा फर्काएर छाडने समेत घोषणा गरे ।
विगतको निर्वाचनमा पार्टीभित्रको गुटउपगुटका कारण कांग्रेसले पराजय भोग्नु परेको भन्दै कांग्रेसलाई सुद्धिढ वनाउन कोइराला परिवारका शेखर कोइराला, सुजाता कोइराला र आफु विच हिजोपनि एकता थियो र आजपनि छ र भोलीपनि रहिरहने बताए ।

कार्यक्रममा वोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विपि कोइराला, गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहको सपना पुरा गर्न कांग्रेस दृढ लाग्ने वताएका छन । समयमा पार्टीको महासमितिको वैठक र महाधिवेशन हुने आवश्यक रहेको वताए । कांग्रेसलाई वलियो वनाउन विगत तिक्ततालाई सवैले त्याग्न जरुरी भएको वताए ।

त्यस्तै कांग्रेसकी केन्द्रीय सदस्य तथा फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले मुलुकको राजनितिक स्थायीत्वका लागि  कांग्रेस वलियो हुनु पर्छ भनिन् ।

कार्यक्रममा कांगेस केन्द्रीय सदस्य अमृत अर्याल, हसन अन्सारी, पदमनारायण चौधरी , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली कांग्रेस मोरङका सभापति डिकवहादुर लिम्वु , कांग्रेस पाँचथरका सभापति नरेन्द्र केरुनलगायताका नेताले पार्टी संगठित हुनुपर्नेमा जोड दिए ।

सुजाताले बाबुको निधन भएपछि आफ्नो अंशमा आएको ९ कट्ठा जग्गामध्ये आधा ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन’का नाममा राखेकी थिइन् । त्यही जग्गामा बनेको साढे दुई तले भवनमा फाउन्डेसनको प्रदेश कार्यालय स्थापना भएको हो ।

फाउन्डेसनले कार्यालय परिसरमै गिरिजाप्रसाद स्मृति सङ्ग्रहालय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी फाउन्डेसनले प्रदेश एकको एउटा जिल्लामा अस्पताल खोल्ने योजना रहेको कुरा आयोजकले जानकारी गराएका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.