Websoft University

धर्मशाला व्यापारीक प्रयोजनमा सञ्चालन हुने


काठमाडौँ, कार्तित्र २० गते । रातो तारा डट कम,पशुपतिनाथ दर्शन गर्न आउने तिर्थालुका लागि भारत सरकारले बनाइदिएको धर्मशाला व्यपारिक प्रयोजनमा लगाउने तयारी भइरहेको छ । पशुपति क्षेत्रविकास कोषले टेन्डर खोल्ने अन्तिम तयारी गरेको छ । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले धर्मशाला सञ्चालनका लागि टेन्डर आह्वानको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो  । हामि कहाँ सुबिधा सम्पन्न धर्मशाला छ यसको निर्माण कार्य लगभग सकिएको
छ ।

सातदिन भित्र ठेकेदारले हामिलार्इ हस्तान्तरण गर्नेछन । यही अवधिमा टेन्डर पनि सकिनेछ । प्रतिस्पर्धामा जसको दर रेट धेरै हुन्छ उसैलार्इ धर्मशाला संञ्चालन गर्न दिइनेछ,उप्रेतीले भन्नुभयो । नेपाल सरकार मातहत रहेको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टले दिएको प्रतिवेदनका आधारमा धर्मशाला निजि कम्पनीलार्इ दिन लागिएको हो । प्रतिवेदनमा धर्मशालाका स्विट रूमको प्रतिरात पाँच हजार रूपैयाँ लिने दर रेट तोकिएको छ ।

यस्तै डबल ब्याडसहितको कोठालार्इ प्रतिरात २२ सय रूपैयाँ र साधारण कोठाको ब्याडको प्रतिरात तिनसय ५० रुपैयाँ दर राखिएको छ। यही दर रेटको आधारमा टेन्डर आह्ववानको तयारी गरीएको उप्रेतीले बताउनु भयो । यो खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.