Websoft University

राती राती टिफर चलाउने चालकलाई गाउँलेले कुटपिट गरे

श्याम राई -गाईघाट कार्तिक १८ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालीका ४ मरुवामा शनिबार राती प्रहरीले गाउँले माथी कुछपिट गरेका छन् । क्रसरको लागि सिमेन्टको लागि चुनढुंगा ढुवानी गर्ने टिफरले गाउँमा, धुलाम्मे बनाएको भन्दै गाउँले हरुले टिफर संचालनमा अवरोध पु्यायपछि प्रहरीले गाउँलेह? माथि राती ११ बजे कुटपिट गरेको स्थानियको भनाई छ ।

“राती राती टिफर चल्दा पुरै गाउँ धुलोले प्रदुशित बन्न थालेपछि हामीले राती टिफर नचलाउन आग्रह गरेका थियौँ । त्यहिबेला प्रहरीआएर हामी माथि कुटपिट ग्यो ।” स्थानिय रिसव पौडेलले बताए ।

गुण्डागर्दी शैलिमा आएका ईलाका प्रहरी कटारीका डिएसपी सहित टोलीलेकुरै नबुझी गाउँले माथी अपशब्द बोल्दै कुटपिट गरेपछि गाउँलेहरुले प्रहरी बिरुद्ध नाराबाजी समेत गरेका थिए । मादक पदार्थ सेवन गरेका डिएसपि को कुटाईबाट केहि महिलाहरु घाईते भएका छन् ।

घार्ईते महिलाको कटारी स्थित अस्पतालमा उपचार भैरहेको स्थानिय अनिल थापाले बताए ।
डिएसपि ध्रुव कुमार श्रेष्ठले भने राजमार्गमा सवारी साधन रोकेर अवरोध पु्याउने लाई हटाउन खोज्दा सामान्य झडप भएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.