Websoft University

स्वचालित पेस्तोल सहित धरानबाट १ पक्राउ


सुनसरी, मंसिर १ गते । रातो तारा डट कम,
सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तीनकुनेबाट प्रहरीले शुक्रबार पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ।

 विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले १ थान स्वचालित पेस्तोल सहित सुनसरी बराह नगरपालिका-११ का ३५ बर्षीय श्यामदेव मण्डललाई पक्राउ गरेको हो ।

साँझ ५ बजेको समयमा धरानबाट इटहरी तर्फ जाँदै गरेको को २८ प ७१८४ नम्बरको स्कुटरमा चेकजाँच गर्ने क्रममा मण्डलले कम्बरमा लुकाई छिपाई राखेको अवस्थामा पेस्तोल सहित २ थान म्याग्जिन र १ राउण्ड गोली फेला पारी बरामद गरेको हो ।

पेस्तोल सहित पक्राउ परेका मण्डललाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.