Websoft University

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनले १८ बुँदे विराटनगर घोषणापत्र २०७५ जारी गर्यो


बिराटनगर पुस ५ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरङ शाखाको आतिथ्यतामा आज मिति २०७५ पुस ५ गते भएको राष्ट्रिय सम्मेलन विराटनगर घोषणापत्र २०७५ जारी गर्दै सम्पन्न भएको छ ।

​प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको सम्मेलनले १८ बुँदे विराटनगर घोषणापत्र जारी गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रेसमैत्री ऐन कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

​महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले कार्यपत्र पेस गर्दै संविधान र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानुनको मर्म, भावना र व्यवस्था अनुसार तीनै तहका सरकारले कानुन बनाउनुपर्ने धारणा राख्नुभयो ।

अर्का पूर्व अध्यक्ष तथा महासंघका सल्लाहकार शिव गाउँलेले कार्यपत्र पेस गर्दै सञ्चार क्षेत्रले राज्यको वाच डगको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

​महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन र प्रेस स्वतन्त्रताका लागि महासंघले कसैसँग सम्झौता नगरी दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरेेेेको महासचिव रमेश बिष्टले बिज्ञप्ति मार्फत रातो तारालाइ
जानकारी गराएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.