मोरङ, पौष ५ गते । रातो तारा डट कम,लागूऔषध सहित प्रहरीले बिराटनगर महानगरपालिका-४ महेन्द्र चोकबाट बुधवार १ युवकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप-
महानगरपालिका-१५ बस्ने बर्ष २२ को बिकाश साहलाई पक्राउ गरेको हो ।
साँझ साढे ५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागूऔषध एभिल-४० एम्पुल, डाईजेल्याव-३९ एम्पुल र लुपिजेसिक-३८ एम्पुल फेला पारी बरामद गरेको हो ।
बरामद लागौषध सहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान
भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment