Websoft University

आगलागीबाट १ महिलाको मृत्यु


मोरङ, पौष १० गते । रातो तारा डट कम,मोरङको उर्लावारी नगरपालिका-७ मा भएको आगलागीमा परी १ महिलाको मृत्यु भएको छ ।

सोमवार साँझ स्थानीय राम बहादुर थापाको काठको बेरा, फुसको छानो भएको १ तले घरमा अचानक आगलागी हुँदा निजकै बुहारी ४५ बर्षीय रिना भन्ने रेनुका थापाको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

उक्त आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बेलुका पौने सात बजे पूर्ण रुपमा नियन्यत्रणमा लिईएको
 थियो । आगलागीमा परी मृतकको छोरा २५ बर्षीय हेमन्त थापा सामान्य घाईते भएका छन् निजको अरनिको अस्पताल उर्लावारीमा उपचार भईरहेको छ भने मृतक शवलाई पोष्टमार्टमको लागि मंगलवारे अस्पतालमा राखिएको छ ।

आगलागीबाट लत्ता कपडा , खाद्यान्न लगायत जलेर नष्ट हुँदा २ लाख बराबरको क्षति भएको उक्त कार्यालयले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.